✍️कोसिस घिमिरे
झापा ,बिर्तामोड ,जेष्ट – १४ / देशमा सुशासन र समृध्दिको सपना देखेर परिवर्तनका खातिर विशुध्द खवरदारी गर्न सडकमा आउने नवयुवाहरु जस्ले देशको बागडोर समाल्ने प्रति आक्रोश मात्र थिएन त्यहाँ त अनेक तमाम समस्याहरु बेरोजगारीको पीडा साथै अवसरको अभाव खोजी र भ्रष्टाचारप्रतिको वितृष्णा अनि आफ्नो भविष्यप्रतिको अन्योलता मिश्रीत थियो यिनै नि:स्वार्थ भावनाका साथ खवरदारी गर्न सडकमा उत्रीएका नवयुवाहरुलाइ अर्को स्वार्थ समुह जो अदृश्य शक्ति मार्फत परिचाचालित भै आफ्नो स्वार्थ अनुसार सम्पुर्ण शक्ति मोड्ने प्रयासमा थियो जो अहिले सजिलै अनुमान लगाउन पनी सकिने भएको छ र पछिल्लो घटनाक्रमले पनि त्यही गम्भीर प्रश्न उठाएको छ के ? तमाम नवयुवाको आक्रोशलाई सही आन्दोलनमा रूपान्तरण गरिँयो या योजनाबद्ध रूपमा अराजकतामा युवालाइ मानव ढाल बनाएर धकेलिँयो भन्ने प्रश्न उब्जीएको अनुमान सहजै लगाउन सकिन्छ l

हाल सार्वजनिक भएको मानव अधिकार आयोगको प्रतिवेदन र सामाजिक सन्जालका विभिन्न दृश्य र प्रमाणहरूले एउटा खतरनाक संकेत गरेको देख्न सकिनछ। आन्दोलनको नाममा सार्वजनिक सम्पत्तिमाथि आक्रमण गर्ने संवेदनशील सरकारी संरचनामा आगजनी गर्ने र भीडलाई उत्तेजित बनाउने गतिविधि सामान्य राजनीतिक असन्तुष्टि मात्र होइन हाम्रो धरोहर सिंहदरबार न्यायको केन्द्र सर्वोच्च अदालत वा राज्यका अन्य संरचनामाथि आक्रमण गर्नु भनेको कुनै सरकारमाथिको विरोध मात्र होइन, त्यो राष्ट्रकै बहुमुल्य संस्थागत आधारमाथिको प्रहार हो। लोकतन्त्रमा असन्तुष्टि व्यक्त गर्ने अधिकार हुन्छ, तर त्यो अधिकार राज्य नै अराजकता तर्फ फैलाउने छुटमा बदलिन सक्दैन।
सबैभन्दा गम्भीर पक्ष त के छ भने खवरदारी गर्ने नवयुवासंग मिसिएर परिचालित रुपमा परिवर्तनको नारा लगाउने नाममा देश जलाउने अधिकास पात्रहरू स्वयं अहिले अनुसन्धानको घेरामा मानवाधिकार आयोगले सार्वजनिक गरेको पतिवेदनमा परेका छन्। भ्रष्टाचार हटाउने, बेथिति अन्त्य गर्ने, “खिल निकाल्ने” जस्ता भाषण गर्नेहरू नै हिंसा ,उक्साहट र संगठित अराजकतासँग जोडिएको प्रमाणित भए भने त्यो केवल राजनीतिक विडम्बना मात्र हुँदैन, त्यो जनविश्वासमाथिको धोका पनि हो । जुन युवाहरूलाई “क्रान्ति” को नाममा सडकमा उतार्ने तर आफू सुरक्षित ठाउँमा बसेर भिडलाई मानव ढाल बनाउने प्रवृत्ति गरियो त्यो कदापी लोकतान्त्रिक चरित्र भित्रको राजनीति होइन त्यो त अत्यन्त खतरनाक खेल हो।
नेपालले लामो राजनीतिक संक्रमण भोगेर भर्खर मात्र विकासको फडकोमा तङ्ग्रीदै मात्र गरेको अवस्था थियो । विगतका आन्दोलन र द्वन्द्व पछी संविधान निर्माण मार्फत संघीय लोकतान्त्रिक अभ्याससम्म आइपुग्दा नेपाली जनताले ठूलो मूल्य चुकाएका थिए जुन अहिलेको पुस्ताले यी कुरा स्पष्ट बुझ्न आवश्यक छ यस प्रणालीभित्र समस्या छन् भन्दैमा सम्पूर्ण प्रणाली ध्वस्त पार्ने अभियानले समस्याको समाधान हुन सक्दैन। यदि राज्य कमजोर बनाइयो, राज्याका संरचनामाथिको विश्वास समाप्त गरियो र भीडतन्त्रलाई वैधानिकता दिइयो भने त्यसको सबैभन्दा ठूलो मार फेरि सर्वसाधारण नागरिकले नै भोग्नु पर्छ l
आजको आवश्यक कुरा अन्ध समर्थन वा अन्ध विरोध होइन, सचेत नागरिक भएर प्रस्तुत हुने हो । युवाहरूको ऊर्जा राष्ट्र निर्माणमा प्रयोग हुनुपर्छ, विदेशी स्वार्थ, भीडको उत्तेजना वा राजनीतिक प्रयोगशालाको इन्धन बन्नु हुदैन जो एक बोतक प्रेटोल र एक काँटी सलाइले हाम्रो देशको इतिहास नामेट मात्र पारेन जसले हिंसा उक्सायो, सार्वजनिक सम्पत्तिमा आगो लगाउन प्रेरित गर्यो वा लोकतान्त्रिक संरचनामाथि हमला भयो उनीहरू जुनसुकै दल, समूह वा विचारका किन नहून्, निष्पक्ष छानबिन र कानुनी कारबाहीको दायरामा आउनैपर्छ।
सचेत युवालाइ परिवर्तनको गुमराहमा राखेर सामाजिक संजालको क्रान्ति नामको अराजकताबीचको आफ्नो स्वार्थ पुरा गर्न देखेको लक्ष्य विहिन उन्नतिको उदेश्य र गन्तब्य रेखा निकै पातलो हुन्छ। राष्ट्रलाई जादुको छडीमा सुधार्ने नाममा यदि राष्ट्रकै संरचना तहसनहस पारिन्छ भने त्यो परिवर्तन होइन, विनाश हो र देशको अस्तित्व विलय पर्ने संकेत हो अझै समय बाँकी छ भिडमा सम्वेदनमा गल्ती भयो होला तर सचेत नागरिकले अब पात्र चिन्न, उत्तेजनाभन्दा उद्देश्य बुझ्न र भावनाभन्दा तथ्यलाई आधार बनाउन र यो देशका जनताको लोकतान्त्रिक अधिकार बचाउने अन्तिम जिम्मा केवल तपाई तमाम सचेत नागरिकमा छ ।