झापा, बिर्तामोड / बिर्ताबजार क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित र सुरक्षित बनाउन विभिन्न सचेतनामूलक सामग्री वितरण गरिएको छ।कार्यक्रममा बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो उक्त कार्यक्रममा बिरेन कोइराला ,प्रभास थापा मगर ,राज मुखिया ,बप्पा साह ,सन्जय पौडेल ,सुमन खत्री लगायतको उपस्थिति रहेको थियो l

बिर्ताबजार प्रहरी चौकी इन्चार्ज नर बहादुर गौतम र ट्राफिक प्रहरीद्वय ज्ञानु खडका र पुजा प्रसाइलाई ‘नो पार्किङ’ सम्बन्धी ट्राफिक बोर्ड हस्तान्तरण गरिएको थियो । उक्त हस्तान्तरण गरिएको बोर्डले सवारी साधनलाई अव्यवस्थित पार्किङबाट रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ यसैगरी बिर्ताबजार चिनाउने ‘बिर्ताबजार’ लेखिएको सूचना बोर्ड समेत चोकमा राखिएको छ, जसले नव आगन्तुकहरुलाइ सो स्थानको पहिचानलाई थप स्पष्ट बनाउनुका साथै सो स्थान पहिचानमा सहजता प्रदान गर्नेछ।
त्यसैगरी दुर्घटना सम्भावित क्षेत्र तथा पुलहरूमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने कार्य पनि गरिएको छ। रातिको समयमा ती स्टिकरले प्रकाश परावर्तन गरी सवारी चालकलाई सचेत गराउने हुँदा दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
स्थानीयवासी तथा सम्बन्धित निकायहरूका यस्ता कार्यले ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने र सडक सुरक्षामा सकारात्मक प्रभाव पार्ने वडा अध्यक्ष मदन बुढाथोकीले बताए l
