झापा, जेठ १ गते
राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला कमिटीको आयोजनामा संगठनको ३७औं स्थापना दिवस एवं मदन आश्रित स्मृति विशेष वृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रम बिर्तामोड नगरपालिका–७ स्थित सहिद नेत्रपाक परिसरमा हर्षोल्लासका साथ सम्पन्न भयो।

कार्यक्रम जिल्ला अध्यक्ष फुर्वा लामाको अध्यक्षतामा सम्पन्न भएको थियो भने केन्द्रीय सदस्य राज आङ्दम्बे प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो भने उक्त कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गिरी, कोशी प्रदेश सभा सदस्य एकराज कार्की, एमालेका कोशी प्रदेश कमिटी सदस्य अम्बिर लिङ्देन, विर्तामोड नगर पालिका नगर प्रमुख पबित्रा महतारा प्रसाइ ,जिल्ला उपसचिव अनिता कन्दन्वा, जिल्ला सदस्य देवराज कार्की, नगर अध्यक्ष सुभाष भट्टराई तथा बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण अविरल खरेल वडा नम्बर ३ का वडा सदस्य हरी बास्कोटा लगायत नेकपा एमालेका बहुसंख्यक कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

स्थापना दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणप्रति युवा संघको प्रतिबद्धतालाई झल्काएको छ। उक्त कार्यक्रममा शुभकामना दिदै प्रेम गिरीले युवा शक्तिलाई संगठित गर्दै राष्ट्र निर्माणमा सक्रिय भूमिका खेल्न आह्वान गर्नुभयो।
