नेपाली कांग्रेसका पुराना नेता गोपालमान श्रेष्ठको निधन

झापा , बिर्तामोड / नेपाली कांग्रेसका पुराना नेता गोपालमान श्रेष्ठको निधन भएको छ। ८३ वर्षीय श्रेष्ठ काठमाडौं कुलेश्वरस्थित निवासमा बितेका हुन् ।

श्रेष्ठ लामो समयदेखि प्यान्क्रियाजको क्यान्सरबाट पीडित थिए। भारत लगायत नेपालका विभिन्न अस्पतालमा उपचारपछि पनि उनको स्वास्थ्यमा अपेक्षित सुधार आउन सकेको थिएन ।

कांग्रेस सभापति गगन थापाले केही दिनअघि केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता बनाउने घोषणा गरेका थिए। तर उक्त प्रस्ताव औपचारिक रूपमा केन्द्रीय समितिबाट पारित हुन नपाउँदै श्रेष्ठको आज निधन भएको छ ।

Leave a Reply