झाप बिर्तामोड साउन ७ बुद्धशान्तिमा सभामुख देवराज घिमिरेको विशेष पहल तथा सहयोगमा टिका बस्नेत घिमिरेको संयोजनमा बुद्धशान्ति गाउँपालिका–१, २, ३ नम्बर वडामा ३१५ वटा झुल र ८५ जना जेष्ठ नागरिकलाई लौरो (ह्याण्डिङ स्टिक) वितरण गरिएको छ।

जेष्ठ आमाबुबाको सहज हिँडडुल र दैनन्दिन जीवनलाई थोरै भए पनि सहयोग पुर्याउने उद्देश्यसहित कार्यक्रम सम्पन्न गरिएको हो। लौरो र झुल सोही वडाका वृद्धलाइ र विपन्नहरुलाइ वितरण गरिएको सभामुखका सचिवालय सदस्य हिमाल मैनालीले बताए साथै उक्त कार्यक्रममा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको जनाए ।
कार्यक्रममा टिका बस्नेत घिमिरेले जेष्ठ नागरिकप्रतिको सम्मानभावले यस्ता सामाजिक कार्यहरू निरन्तर अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो “हामीले जेष्ठ नागरिकलाई केवल लौरो र विपन्न झुल मात्र होइन, सम्मान र सहाराको सन्देश दिन खोजेकाछौं।”
उक्त कार्यक्रममा लाभान्वित हुनु हुने वृद्धवृद्धाहरूले सभामुख घिमिरे र संयोजक बस्नेतप्रति आभार व्यक्त गर्दै यस्तो खालका मानवीय कार्यहरू आगामी दिनहरूमा पनि निरन्तर रहिरहोस् भन्ने कामना गरेका थिए।
