झापा ,बिर्तामोड / त्रिदेव बहुमुखी क्याम्पस मेचीनगर १३ चाराली झापाको आयोजना तथा धुलाबारीमा एक दिवसीय “शिक्षण सिकाइमा एआइको प्रयोगः अवसर र चुनौती” विषयक तालिम कार्यक्रम सम्पन्न भएको छ।

क्याम्पसका क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराईको अध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष सन्तोष न्यौपानेको प्रमुख अतिथ्यता तथा विषयविज्ञ उमाकान्त खनालको सहजीकरणमा कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद न्यौपानेले क्याम्पसले विभिन्न समयमा यस्तै सामाजिक गतिविधि र समुदाय लक्षित कार्यक्रमहरू गर्दै आएको र यो कार्यक्रमबाट यस विद्यालयका करिब १०० भन्दा बढी विद्यार्थी लाभान्वित हुने कुरामा आफू आशावादी रहेको बताउनुभयो ।
त्रिदेव बहुमुखी क्याम्पस व्यवस्थापन विभाग प्रमुख सावित्रा दाहालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराईले गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बाेल्दै विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चौँलागाईंले क्याम्पसले विद्यालयका लागि विगतदेखि नै यस्ता प्रकारका रचनात्मक कार्यहरु गरेको र आगामी दिनमा पनि यस्तै प्रकारका कार्यक्रम गर्ने कुरामा आफ्नो तर्फबाट सहयोग गर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा प्रशिक्षक उमाकान्त खनाल, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष ईश्वर रिजाल ईश्वर रिजाललगायतले आफ्ना शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा सहजकर्ता उमाकान्त खनालले शिक्षण सिकाइमा एआइको प्रयोग कसरी गर्न सकिन्छ यसको प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कता सूचना र जानकारी कतिसम्म सार्वजनिक सञ्जालमा राख्ने भन्ने विषयमा लगायतका थुप्रै विषयमा विद्यार्थीहरुलाई सहजीकरण गर्नुभएको थियो।
उक्त कार्यक्रममा क्याम्पसका प्राध्यापकहरू, विद्यार्थीहरू, उक्त विद्यालयका शिक्षकहरू र विद्यार्थीहरू गरी करिब १२० जनाको सहभागिता रहेको थियो।
