गोर्खाली भ्वाइस लोकदोहोरी सिजन ३ सम्पन्न, बसन्त गिरी र विष्णु थापा मगर विजेता

नेपाल नेपालीको पहिलो अनलाइन लोकदोहोरी गोर्खाली भ्वाइस लोकदोहोरी सिजन  भव्य रूपमा सम्पन्न भएको छ।नेपाली लोकदोहोरीको मौलिकतासंस्कृति परम्परालाई प्रवर्द्धन गर्दै प्रतियोगीहरूले आफ्नो गायन क्षमताको उत्कृष्टप्रदर्शन गरे।

प्रतियोगिताको पुरुषतर्फ बसन्त गिरी  महिलातर्फ विष्णु थापा मगर विजेता बन्न सफल भए।

दोस्रो स्थानमा अनुश अधिकारीतेस्रो स्थानमा करण विश्वकर्मा रहेका छन् भने महिलातर्फ दोस्रो शिला गुरुङ  तेस्रोसंचिता चेपाङ  रिमा थापा भएका छन्।

प्रतियोगिता नयाँ प्रतिभा खोजी  उनीहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यका साथ आयोजित थियो। आयोजक संस्थाकानिर्देशक संजय पौड्याल ले यो सिजन पनि अघिल्ला सिजनहरूजत्तिकै रोमाञ्चक  प्रतिस्पर्धात्मक भएको बताए।

विजेताहरुलाई पुरस्कार वितरण

बालाजुस्थित राजधानी रोधी साँझमा समापन कार्यक्रम आयोजना गरी विजेताहरूलाई सम्मान गरिएको थियो।

प्रथम स्थान विजेताले रु५२,५५५ट्रफीप्रमाणपत्र गिफ्ट ह्याम्पर प्राप्त गरे।

दोस्रो स्थान विजेताले रु३२,५५५ट्रफीप्रमाणपत्र गिफ्ट ह्याम्पर पाए।

तेस्रो स्थान विजेताले रु२२,५५५ट्रफीप्रमाणपत्र गिफ्ट ह्याम्पर जिते।

पुरस्कार प्रमुख अतिथि इन्द्र जिसी द्वारा प्रदान गरिएको थियो। उनले प्रतियोगिताले नयाँ प्रतिभाहरूलाई उजागर गरेकोबताउँदैउपाधिभन्दा पनि प्रतिभालाई निरन्तर निखार्दै अघि बढ्नु महत्त्वपूर्ण रहेको उल्लेख गरे।

कार्यक्रममा आयोजक सदस्य धना चौलागाईं ले स्वागत मन्तव्य दिएका थिए। सभाध्यक्ष संजय पौड्यालविशेषअतिथि गायीका कमला पोख्रेलसर्जक साजन कुँवरनिर्णायक मण्डलका सदस्यहरू तथा गायकसंगीतकारविभिन्न सांगीतिक संघसंस्थाका प्रतिनिधिहरू उपस्थित थिए।

लोकदोहोरीको प्रवर्द्धनमा ठुलो योगदान

गोर्खाली भ्वाइस लोकदोहोरी सिजन  नेपाली संगीत क्षेत्रको लागि ठूलो उपलब्धि बनेको छ। आयोजकप्रायोजकनिर्णायक मण्डलप्राविधिक टिमतथा दर्शकहरूको साथले यसलाई ऐतिहासिक प्रतियोगिता बनाउन मद्दत गरेकोनिर्माता विश्वास आचार्य ले बताए।

विजेताहरूलाई संगीत उद्योगमा अघि बढ्ने अवसरहरू प्रदान गरिने आयोजकले जनाएको छ। साथैअन्यसहभागीहरूले पनि प्रतियोगिताबाट धेरै सिक्ने अवसर पाएका छन्।