बिर्तामोड । अखिल नेपाल महिला संघ (अनेम संघ) बिर्तामोड नगर कमिटीको तेस्रो नगर सम्मेलनले नैनकला ढकालको अध्यक्षतामा २७ सदस्यीय नयाँ नगर कमिटी सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।

सम्मेलनबाट नगर कमिटीको उपाध्यक्षमा बिनिता तामाङ, सचिवमा चन्द्रकला रिजाल, सहसचिवमा सर्मिला राजवंशी र कोषाध्यक्षमा पुष्पा प्रसाईं सिटौला सर्वसम्मत चयन भएका छन्। नयाँ नेतृत्वले महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक सशक्तीकरणसँगै संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने अपेक्षा गरिएको छ।
अनेम संघ बिर्तामोड नगर अध्यक्ष यशोदा प्रसाईंको अध्यक्षतामा सम्पन्न सम्मेलनमा संघकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले प्रमुख अतिथिका रूपमा सहभागी थिइन्।
सम्मेलनका क्रममा अनेम संघको संगठन निर्माण तथा महिला आन्दोलनमा योगदान पुर्याएका पूर्वअध्यक्षहरू पवित्रा महतारा प्रसाईं, पवित्रा पाठक र खगमाया धिताललाई सम्मान गरिएको थियो।
सम्मेलनले नयाँ नेतृत्व चयनसँगै आगामी दिनमा महिलाका अधिकार, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा संगठनलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
