काठमाडौँ —नेपाल बार एसोसियसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रले सुरुवाती अग्रता बनाएका छन् । कानुन व्यवसायीहरूको छाता संगठनका रूपमा रहेको एसोसियसनको २७औं केन्द्रीय कार्यसमिति अध्यक्षमा मिश्रले १९१ मतसहित सुरुवाती अग्रता बनाएका हुन् । त्यस्तै उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले ९६ मत ल्याएका छन्

अहिलेसम्म मिश्रले इलाम बारबाट ३७, झापाबाट ३२, विराटनगर उच्च बारबाट २२, मोरङबाट ३६, सुनसरीबाट ३८ र धनकुटाबाट २६ मत पाएका छन् । त्यस्तै श्रेष्ठले इलामबाट २३, झापाबाट १७, विराटनगर उच्च बारबाट २५, मोरङबाट १०, सुनसरीबाट १६ र धनकुटाबाट २८ मत पाएका छन् ।
एसोसियसनको नयाँ नेतृत्व छनोटका लागि शनिबार निर्वाचन भएको थियो । बारमा देशभरबाट ९ हजार ९ सय५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो । बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशील,पेसागत,राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा रहेका छन् । स्रोत कान्तीपुर दैनिक