मदन–आश्रित स्मृति दिवसमा झापामा विविध कार्यक्रम, मानव सेवा आश्रमलाई सहयोग

झापा, जेठ ३ नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३२ औँ स्मृति दिवसका अवसरमा शनिबार झापाका विभिन्न स्थानमा विविध कार्यक्रम सम्पन्न भएका छन्।

२०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको रहस्यमय जिप दुर्घटनामा दुबै नेताको निधन भएको दिनको सम्झनामा झापामा पार्टी र भ्रातृ संगठनहरूले स्मृति दिवस मनाउँदै विविध कार्यक्रम आयोजना गरेका हुन्।

यस अवसरमा मदन भण्डारी फाउन्डेसन झापाले मानव सेवा आश्रम झापा शाखालाई नगद ११ हजार रुपैयाँ र खाद्यान्न सामग्री प्रदान गरेको छ। सहयोग हस्तान्तरण कार्यक्रममा फाउन्डेसन झापाका अध्यक्ष हरिचरण शिवाकोटी, एमाले केन्द्रीय सदस्य चिन्तन पाठक, मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेती, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, संस्थाका सचिव शिव ढुंगेल, कोषाध्यक्ष गणेश पोखरेल, आश्रमका अभिभावक नीलकण्ठ तिवारी लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी, मेचीनगर नगरपालिका वडा नं. ५ का अध्यक्ष कनकबहादुर कार्की, वडा नं. ४ का अध्यक्ष अर्जुन कार्की र वडा नं. २ का अध्यक्ष दीपक बराल पनि कार्यक्रममा सहभागी थिए।