बाह्रदर्शीको मिनि माउण्टेन बोर्डिङ स्कुलमा धाराको पानी खाँदा १७ विद्यार्थी बिरामी

बिर्तामोड, जेठ ७ । झापा जिल्ला बाह्रदर्शी गाउँपालिका–६ स्थित मिनि माउण्टेन ईङलिस सेकेन्डरी बोर्डिङ स्कुलमा धाराको पानी पिएपछि एकैचोटि १७ जना विद्यार्थी बिरामी परेका छन्।

तस्बिर Ai 
पिएको पानीका कारण पेट दुख्ने, बान्ता हुने जस्ता लक्षण देखिएपछि स्कुल प्रशासनले सबै विद्यार्थीलाई तत्काल बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका लागि ल्याएको हो। अस्पतालमा उपचाररत विद्यार्थीहरूको अवस्था अहिले सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

घटना जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी नायब निरीक्षक बल कुमार राईको कमाण्डमा प्रहरी टोली बिद्यालयमा खटिएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिरामी हुने विद्यार्थीहरूमा सुमित्रा किस्कु, रेवन बि.क, प्रनिसा अधिकारी, खुस्बु बर्देवा, सुप्रिया सुन्दास, सेन्जे हाङमा शर्मा, मनिता गजुरेल, बिना रिजाल, आदित्य ढकाल, अरबिदा राई, सुशान्त कार्की, प्रनिशा कार्की, सृष्टी मावो, ग्रीष्मा साह, अनुसा भुजेल, ईसिका भुजेल र बर्षा लिम्बु रहेका छन्।