बिर्तामोड, झापा | असार १६
बिर्तामोड नगरपालिका वडा नम्बर ४ र वडा नम्बर ६ मा डेंगु तथा मलेरिया रोगको जोखिम न्युनिकरण गर्न झुल वितरण गरिएको छ। टिका देबी बस्नेत घिमिरे संयोजनमा आयोजित कार्यक्रममा नगर प्रमुख पबित्रा महतारा प्रसाईले बढ्दो डेंगु जोखिमलाइ मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाको लागि स्थानीय बासिन्दाहरुलाई निःशुल्क झुल वितरण गरिएको हो।
बिर्तामोड नगरपालिकाको समन्वयमा र सभामुख देबराज घिमिरेको पहलमा टिका देबी बस्नेत घिमिरे मार्फत सञ्चालित कार्यक्रममा नगर प्रमुख पवित्रा देवी महतरा प्रसाई समाजसेवीहरु बद्री भट्टराई ,अम्बिर लिन्देन ,बुद्दी भट्टराई ,सुभास भट्टराई ,गोपाल लकान्द्री ,टिका हस्दा ,प्रजपती दहाल ,कोसिस घिमिरे लगायतको उपस्थिति रहेको थियो l

झुल वितरण गर्दै नगर प्रमुखले भन्नु भयो “डेंगु नियन्त्रणका लागि सजगता आवश्यक छ। हाम्रो नगरलाई किटजन्य रोगबाट सुरक्षित राख्न यस्ता कार्यक्रमहरू निरन्तर चलाइरहनेछौ र यो झुल बिर्तामोड नगरलाइ ल्याउन पहल गर्नु भएकोमा सभामुख देबराज घिमिरे र टिका देबि बस्नेत घिमिरेलाइ धन्यवाद भन्न चहान्छु ”
वडा नं. ४ को सुन्दर टोलका ७० घर धुरी र ६ का टोपिल टोलका १०५ घरधुरीलाइ कम्तीमा एक वटा झुल पुग्ने गरी वितरण गरिएको र यो कार्य निरन्तर अन्य वडामा पनी लगीने सभामुखका सचिवालय सदस्य हिमाल मैनालीले जनाउनु भयो l


स्थानिय समाजसेवी सुभास भट्टराईले झुल वितरण कार्यक्रमलाई स्वागत गर्दै नियमित जनचेतनामूलक कार्यक्रमको माग गरेका छन् र यो अभियानप्रति खुसी व्यक्त गर्दै आगामी दिनहरूमा थप जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्।
