एमालेको सदस्य संख्या ६ लाख नाघ्यो, २८ प्रतिशत नयाँ 

झापा, बिर्तामोड साउन ६ – नेकपा (एमाले) ले आफ्नो सदस्य संख्या ६ लाख नाघेको दाबी गरेको छ। हालै सम्पन्न पार्टी सदस्यता नवीकरण र नयाँ सदस्य समावेशीकरण अभियानपछि पार्टीको कुल सदस्य संख्या ६ लाख पुगेको जानकारी दिइएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा सार्वजनिक गरिएको तथ्यांक अनुसार, यो संख्यामा २८ प्रतिशत सदस्यहरू नयाँ छन्। पार्टीको संगठन विस्तार र जनस्तरमा पकड मजबुत बनाउने अभियान अन्तर्गत सदस्यता संख्या उल्लेख्य रूपमा बढाइएको बताइएको छ।

पार्टीको प्रचार सामग्रीमा उल्लेख गरिएको छ कि देशभरका सबै  प्रदेश, जिल्ला र स्थानीय तहसम्म संगठन विस्तार भइरहेको छ। सदस्य संख्या वृद्धिको संकेत गर्दै पोस्टरमा उकालो तिरको रातो एरो प्रयोग गरिएको छ भने अध्यक्ष ओलीको फोटोसहित “६ लाख प्लस सदस्य संख्या” भनेर आफैले उल्लेख गरेको तस्बिर सम्म सार्वजनिक गरेका छन l 

एमालेले आगामी निर्वाचनहरूमा ठूलो जनसमर्थन हासिल गर्न संगठनात्मक बलियो आधार तयार भएको दाबी समेत गरेको छ।