ओमानमा हुने विश्वकप छनोटमा खेल्ने भए सन्दीप

झापा बिर्तामोड । 

वेष्ट इन्डिजविरुद्धको दुई खेलमा निलम्बनमा परेका नेपाली स्पिनर सन्दीप लामिछानेले ओमानमा हुने आईसीसी टी–२० विश्वकप एसिया–आरइएपी छनोटमा भने सहभागी हुने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले अनुशासन उल्लंघन गरेको भन्दै सन्दीपलाई वेष्ट इन्डिजविरुद्धको दुई खेलमा निलम्बन गरेको थियो । तर क्यानले उनलाई आगामी छनोट प्रतियोगितामा सहभागी गराउने निर्णय गरेको छ ।

ओमानमा आगामी अक्टोबर ८ देखि १७ सम्म हुने छनोट प्रतियोगितामा नेपालले समेत प्रतिस्पर्धा गर्नेछ । यसका लागि नेपाली १६ सदस्यीय टोली ओमान प्रस्थान गरिसकेको छ । सो टोलीमा सन्दीप पनि समावेश छन् ।