बिर्ताबजार प्रहरी चौकीमा २० हजार बराबरको इन्टरनेट सेवा जडान 

बिर्तामोड, झापा । भदौ २३ र २४ गतेका दिन देशव्यापी जेनेरेसन–जेड आन्दोलनका क्रममा बिर्तामोड क्षेत्रमा भएका मानविय र भौतिक क्षतिप्रति मेची लेखापढी व्यवसायी संघ, बिर्तामोडले गहिरो दुःख र चिन्ता व्यक्त गरेको छ l

समाजप्रति उत्तरदायित्वबोध र संकटबेला सहयोग गर्ने उदार भावना सहित संघले प्रभावित क्षेत्र तथा कार्यालयहरूको पुनर्स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ l 

संघको अध्यक्षमा श्री युवराज निरौला रहेका छन त्यस्तै उपाध्यक्षमा श्री जीवन रिजाल छन भने सचिवमा श्री इश्वर सुबेदी कोषाध्यक्षमा श्री डिल्ली कुमार चौहान र सह–सचिवमा श्री नवराज दाहाल रहेका छन संघले यातायात व्यवस्था कार्यालयमा अत्यधिक भीडभाड हुने कार्यकक्षहरू पहिचान गरी    क्षतिग्रस्त स्थानमा रङ्ग–रोगन कार्य गर्न १२० लिटर रङ्ग उपलब्ध गराई सो कार्य सम्पन्न गराउन सहयोग गरेको छ। यससँगै सरसफाइ कार्यमा समेत संघले सक्रिय सहभागिता जनाएको छ।

त्यस्तै, सार्वजनिक सुरक्षासँग सम्बन्धित संरचना पुनर्स्थापनाको क्रममा बिर्तामोड नगरपालिका–३ स्थित बिर्ताबजार प्रहरी चौकीमा २० हजार बराबरको इन्टरनेट सेवा जडान गरिदिएको छ, जसले दैनिक कार्य सञ्चालन सहज बन्नेछ।

संघका सदस्यहरूका व्यवसायिक स्थलहरू आन्दोलनका क्रममा क्षतिग्रस्त भएका कारण चेम्बर पुनर्निर्माणमा समेत प्रभावकारी सहयोग प्रदान गरिएको संघले जनाएको छ। सामाजिक उत्तरदायित्व, व्यवसायिक हित र सामुदायिक सेवामा निरन्तर क्रियाशील मेची लेखापढी व्यवसायी संघले आगामी दिनमा पनि सहयोगको शृङ्खला जारी रहने प्रतिबद्धता जनाएको छ l