लायन्स क्लब अफ धाइजन चारआलीद्वारा गुरुकुलमा खाद्यान्न वितरण

धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले मेचीनगर–१५ स्थित श्री ऊँकारेश्वर संस्कृत गुरुकुलमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ। क्लबका सदस्य लायन संजन कुमार यादवको जन्मदिनको अवसर पारेर मिति २०८२ साल मंसिर २५ गते उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा गुरुकुलमा अध्ययनरत ४० भन्दा बढी विद्यार्थीहरूको उपस्थितिमा करिब १५ हजार रुपैयाँ बराबरका खाद्यान्न तथा आवश्यक सामग्रीहरू वितरण गरिएको थियो। गुरुकुलका प्राचार्यको उपस्थितिमा कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

खाद्यान्न वितरण कार्यक्रम लायन्स क्लब अफ धाइजन चारआलीकाअध्यक्ष सुमन चिमरीयाको अध्यक्षतामा सम्पन्न भएको थियो भने , निवर्तमान अध्यक्ष टिकाराम रिजाल, सचिव तीर्थ घिमिरे तथा सदस्य लायन संजन कुमार यादवको सक्रिय सहभागिता रहेको थियो।

क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, संस्कार र मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।