झापा क्षेत्र नम्बर ५ बाट केपी शर्मा ओली एकल सिफारिस 

झापा , आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नं ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

आज सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं . ५ को बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो । नेकपा एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार झापा ५ का लागि सर्वसम्मत रुपमा अध्यक्ष ओलीको नाम सिफारिस गरिएको हो ।

आज देशभरका अधिकांस निर्वाचन क्षेत्रीय कमिटीले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वारको नाम सिफारिस गर्दैछन् ।