झापा, बिर्तामोड । झापाको कन्काईमा अटो र मोटरसाइकल एकापसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् l

कन्काई नगरपालिका नयाँबस्तीस्थित पूर्व–पश्चिम राजमार्गमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र१–०१–००१ह ८२५२ न.को अटो अनियन्त्रित भइ बिपरित दिशाबाट आउँदै गरेको मे ५ प ६६२० नं. को मोटरसाइकलसंग ठोक्किएको थियो ।
दुर्घटनामा अटोमा सवार हल्दिबारी ३ बस्ने बर्ष ६८ की मन्जुधरी ढकालको मृत्यु भएको हो । टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी ढकालको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा दिउँसो ४;३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव बि एण्ड सि अस्पतालमै रहेको छ ।
त्यस्तै अटोमा सवार हल्दिबारी ३ बस्ने बर्ष ५७ का जीवन ढकालको ओठमा चोट लागेको छ ।सामान्य अवस्थाका उनको प्रधान मेडिकलमा उपचार भइरहेको छ ।
त्यस्तै अटोमा सवार हल्दिबारी ३ बस्ने बर्ष ५० की हरिमाया ढकाल , सोही ठाउँ बस्ने बर्ष ३५ की भिमा ढकाल ,माधब ढकालका छोरा बर्ष १३ का रोजन ढकाल , हल्दिवारी ५ बस्ने विनोद नेपालका छोरा बर्ष १३ का प्रदिप नेपाल र मोटरसाइकल चालक मोरङ मिक्लाजुङ ६ बस्ने बर्ष ३७ का चन्द्रबहादुर खत्री गंभीर घाइते भएका छन् । उनीहरुको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले अटो, मोटरसाइकल र अटो चालक हल्दिबारी ३ बस्ने बर्ष ४६ का खेमराज गौतमलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतको टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।