लायन्स क्लब धाइजन चारआलीद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

झापा, चारआली — लायन्स क्लब अफ धाइजन चारआलीले वर्ष २०२५/२६ को पहिलो दिन अर्थात इ.स जुलाई १ २०२५ , मंगलबार झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नम्बर १० स्थित श्री सिंह वाहिनी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

कार्यक्रमको दौरान विद्यार्थीहरूलाई पेन्सिल, ड्ट्पेन, कपि लगायतका स्टेशनरी सामाग्री बाल कक्षा देखि कक्षा ५ सम्मका विद्यार्थी लाई वितरण गरिएको थियो। साथै बाल स्वास्थ्य तथा खुसीसम्बन्धी विविध जानकारीसमेत प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथी अर्जुनधारा नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष भुपेन्द्र न्यौपाने थिए भने क्लबका अध्यक्ष सुमन चिमरियाको अध्यक्षता कार्यक्रम भएको थियो । कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष हरि प्रसाद घिमिरे , जोन चेयर पर्सन जगन भट्टराई ,पूर्व अध्यक्ष टिकाराम रिजाल २०२५/२६ का लागि सचिव तिर्थ घिमिरे लगायत लायन्स सदस्यहरु अर्जुन रिजाल,मनोज खरेल,रोसन पोधारको सक्रीय सहभागीता रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक चन्द्र प्रकाश तिवारीले गर्नु भएको थियो ।

लायन्स क्लब अफ धाइजन चारआलीले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।