जन्मदिनको अवसरमा विद्यालयलाई आर्थिक सहयोग साथै विद्यार्थीलाई खाजा वितरण 

बिर्तामोड । नेकपा एमाले बिर्तामोड वडा नम्बर १ का अध्यक्ष सुनिल सिवाकोटीले आफ्नो जन्मदिनको अवसरमा सामाजिक कार्य गर्दै बिर्तामोड–३ स्थित तालिमुल मदरसा प्राथमिक विद्यालयलाई १३ हजार आर्थिक सहयोग प्रदान गरेका छन्।

विद्यालयका प्रधानाध्यापक  रेनुका थापाका अनुसार सिवाकोटीले विद्यालयको जग्गा खरिद अभियानका लागि ११ हजार रुपैयाँ सहयोग गरेका हुन्। साथै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आजको खाजा बराबरको २ हजार समेत व्यवस्था गरी जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै उदाहरणीय कार्य गरेको बताइन ।

यस अवसरमा विद्यालय परिवारको तर्फबाट अफ्रोज खानले धन्यवाद व्यक्त गरेका विद्यालयको जग्गा खरिदका साथै भौतिक पूर्वाधार विकासका साथै शैक्षिक वातावरण सुधारमा उक्त सहयोगले महत्वपूर्ण योगदान पुग्ने विश्वास ब्याक्त गरे ।

बिर्तामोड ३ को वडामा आएर आफ्नो जन्मदिन मनाउँदै विद्यालयलाई सहयोग गरेकोमा नेकपा एमालेका पार्टी अध्यक्ष सुनिल सिवाकोटीलाई शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनी सामाजिक क्षेत्रमा निरन्तर योगदान पुर्याउने र  समाजमा मानवता हराइरहेका बेला सामाजिक सेवामार्फत जन्मदिन मनाउने संस्कृतिले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको वडा सदस्य हरी बास्कोटाले बताउनु भयो ।

Leave a Reply