झापा ,बिर्तामोड / झापाको बिर्तामोडमा दैनिक उपभोग्य सामग्रीदेखि रेडिमेड कपडासम्म एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यसहित पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्स सञ्चालनमा आउने भएका छन् । आगामी जेठ ३० गते शनिबार बिर्तामोड–४ शनिश्चरे रोड र बिर्तामोड १ अतिथिसदन नजिकै दुवै व्यवसायिक प्रतिष्ठानको औपचारिक उद्घाटन गर्न लागेका हुन् ।

सञ्चालक भेषराज दाहालका अनुसार उपभोक्तालाई गुणस्तरीय सामग्री उचित मूल्यमा उपलब्ध गराउने लक्ष्यसहित दुई करोड रुपैयाँभन्दा बढी लगानीमा नयाँ व्यवसाय सञ्चालनमा ल्याउन लागिएको हो ।
मुक्तिचोकबाट शनिश्चरेतर्फ जाने सडकखण्डमा पीके हब डिपार्टमेन्ट स्टोर र अतिथि सदन नजिकैको पीके कम्प्लेक्समा मन्त्र क्लोथ्स सञ्चालनमा आउनेछ ।
पीके हब डिपार्टमेन्ट स्टोरमा घरायसी तथा दैनिक जीवनमा आवश्यक पर्ने विविध सामग्री एकै स्थानबाट खरिद गर्न सकिने व्यवस्था गरिएको सञ्चालक दाहालले बताए । स्टोरमा भाँडाकुँडा, किचन सामग्री, प्लास्टिकजन्य सामग्री, नवजात शिशुका आवश्यक वस्तु, विद्यालय जाने बालबालिकाका लागि स्कूल ब्याग, पानीका बोतल, खेलकुद सामग्री, बाथरुमसम्बन्धी सामग्री, खेलौना, ब्लक सेट, स्केटिङ तथा स्विमिङ सामग्रीलगायतका सामग्री उपलब्ध गराइने बताइएको छ ।
त्यस्तै क्लोथ्स सपमा पुरुष, महिला तथा बालबालिकाका लागि आवश्यक रेडिमेड कपडा, अन्तर्वस्त्र, मोजा, पेटी, भेस्ट तथा अन्य फेसनसम्बन्धी सामग्री बिक्री गरिने जनाइएको छ
