बिर्तामोडमा पहिलो पटक अन्तर प्रदेश खुल्ला तेक्वान्दो प्रतियोगिता हुँदै

बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक “प्रथम फिट स्टुडियो अन्तर प्रदेश खुल्ला तेक्वान्दो प्रतियोगिता २०८१“ आयोजना हुने भएको छ। आगामी २०८१ चैत २९ र ३० गते हुने प्रतियोगिता फिट स्टुडियो र मेची तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा सञ्चालन गरिनेछ।

प्रतियोगितामा सातवटै प्रदेशका १५०० भन्दा बढी खेलाडी, १०० अफिसियल निर्णायक तथा अन्य गरी २००० भन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिता बिर्तामोडको खेलकुद क्षेत्रलाई प्रवद्र्धन गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष दिपेन धिमालले आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताए ।

प्रतियोगिता क्योरुगी (फाइट) र पुम्से (तालिम) गरी दुई विधामा सञ्चालन हुनेछ।

क्योरुगी (फाइट) तर्फ ३५ केजीदेखि ५८ केजीसम्मका आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ। पुम्से (तालिम) तर्फ १० वर्षमुनि, १२ वर्षमुनि, र १४ वर्षभन्दा माथि उमेर समूहका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका विजयी खेलाडीहरूलाई आकर्षक मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिनेछ