झापा , बिर्तामोड । बिर्तामोड नगरपालिका–३, सैनिकमोडस्थित विराट सामुदायिक अध्ययन केन्द्र (BCLC) को चौथो अधिवेशन तथा सोह्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिबार संस्थाको सभा हलमा आयोजित कार्यक्रममा नयाँ कार्यसमिति समेत चयन गरिएको छ।

संस्थाका अध्यक्ष मोहन सिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरिचरण सिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा गणेश ओली र बिनोद गौतम अतिथिका रूपमा सहभागीता रहेको थियो सो कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन अर्जुन कुमार पाठकले प्रस्तुत गरेका थिए। संस्थामा हाल ४० जना सदस्य रहेको जानकारी गराउँदै उनले संस्थाले समुदायमा अध्ययन, शिक्षा तथा सामाजिक गतिविधिमार्फत पुर्याउँदै आएको योगदानबारे प्रस्तुत गरे।
त्यस्तै, संस्थाका कोषाध्यक्ष तेज पाठकले आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि हरिचरण सिवाकोटीले शुभकामना मनतब्य व्यक्त गरे भने अधिवेशनबाट नयाँ कार्यसमिति समेत सर्वसम्मत रूपमा चयन गरिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा रुद्र सिटौला, उपाध्यक्षमा केशव पाठक, सचिवमा अर्जुन कुमार पाठक, कोषाध्यक्षमा तेज पाठक र सहसचिवमा अम्बिका कटवाल चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा राजु चाम्लिङ, दुर्गा काफ्ले, सुरवि गुरुङ र टिका अधिकारी चयन भएका छन्।नयाँ कार्यसमिति चयनका लागि नारायण सिवाकोटीको संयोजकत्वमा निर्वाचन मण्डल गठन गरिएको थियो। निर्वाचन मण्डलका सदस्यमा बिनोद गौतम र भीमा सिवाकोटी रहेका थिए।
वार्षिक साधारणसभा तथा अधिवेशनले विगतका गतिविधिको समीक्षा गर्दै आगामी ४ बर्षका लागि निर्वाचित भएका छन संस्थालाई थप सक्रिय बनाउने आधार तयार गरेको नव निर्वाचित अध्यक्षले बताएका छन्।कार्यक्रमको सन्चालन पुर्व सचिव रुद्र सिटौलाले गरेका थिए।
