बिर्तामोड– प्रेस चौतारी नेपाल झापाले सवारी दुर्घटनामा घाइते भएका पत्रकार सुरज प्रधानलाई ३० हजार रुपैयाँ सहयोग गरेको छ ।
प्रेस चौतारीका सदस्यबाट संकलन भएको रकम घाइते पत्रकार प्रधानलाई प्रदान गरिएको हो । प्रधानकाे उपचारमा सहयोग पुग्ने गरी ३० हजार एकसय २० रुपैयाँ हस्तान्तरण गरिएको प्रेस चौतारी झापाकी उपाध्यक्ष सुनिरा मैनालीले बताउनु भयो ।
प्रधानको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ । प्रधानलाई सहयोग रकम हस्तान्तरण गर्न प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यद्वय भीमा सिवाकोटी र गोपाल काफले, पत्रकार महासंघ झापाका सहसचिवद्वय रमेश तिवारी र तिलक योञ्जन हस्पिटल पुग्नु भएको थियो ।
पत्रकार प्रधानलाई बुद्धशान्ति प्रेस क्लव र अर्जुनधारा प्रेस क्लवले क्रमश आठ हजार पाँच सय र १८ हजार छ सय रुपैयाँ उपचार सहयोग गरेका छन् ।
बुद्ध शान्ति क्लवका तर्फबाट अध्यक्ष तीर्थ तिम्सिना र अर्जुनधारा प्रेस क्लबका तर्फबाट उपाध्यक्ष प्रेम आचार्यले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
