आदर्शनगर सेवा समाजको दुर्गा पूजा महोत्सवको भजन कीर्तन र सांस्कृतिक कार्यक्रम 

बिर्तामोड । झापाको बिर्तामोड वडा नम्बर ३ को आदर्शनगर सेवा समाजद्वारा आयोजित दुर्गा पूजा महोत्सवको आठौँ दिन भजन कीर्तन, धार्मिक नृत्य तथा विविध सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।

महोत्सवअन्तर्गत आयोजित कार्यक्रममा भक्तजन तथा स्थानीयवासीको सहभागितामा धार्मिक भजन–कीर्तन र नृत्य प्रस्तुत गरिएको थियो। देवी दुर्गाप्रतिको आस्था, श्रद्धा र भक्तिभाव अभिव्यक्त गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा धार्मिक तथा सांस्कृतिक वातावरणले उत्सवलाई थप उल्लासमय बनाएको थियो।

कार्यक्रमका अवसरमा ज्ञानमञ्च प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरणसमेत गरिएको थियो। प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्दै आयोजकले प्रतिभाको सम्मान तथा ज्ञान र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने प्रयास गरेको जनाएको छ।

संस्थाका अध्यक्ष डिल्लीराम ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरिप्रसाद बाँस्कोटा प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको सञ्चालन ओम कडरियाले गरेका थिए।

Leave a Reply