बिर्तामोड। झापाको बिर्तामोड नगरपालिका–३, सैनिकमोडस्थित सगरमाथा सामाजिक विकास केन्द्र र सामुदायिक महिला विकास केन्द्रको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले दुवै संस्थामा नयाँ कार्यसमिति चयन गरेको छ।

विराट सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष रुद्र सिटौलाको प्रमुख आतिथ्य तथा बिर्तामोड नगरपालिका वडा नं. ३ का वडा सदस्य हरिप्रसाद बाँस्कोटाको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा सगरमाथा सामाजिक विकास केन्द्रका अध्यक्ष भीष्म उप्रेती र सामुदायिक महिला विकास केन्द्रकी अध्यक्ष अम्बिका कार्की कटुवालले आ–आफ्नो संस्थाको अध्यक्षता गर्नुभएको थियो
अधिवेशनबाट सगरमाथा सामाजिक विकास केन्द्रको अध्यक्षमा अर्जुनकुमार पाठक हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा कोसिस घिमिरे, सचिवमा टीका अधिकारी, सहसचिवमा सीता पाठक प्रसाईं र कोषाध्यक्षमा शान्ता चौधरी चयन हुनुभएको छ।
संस्थाको सदस्यहरूमा तेज पाठक, नवीन बिमली, दिनेश मैनाली, जीवन रिजाल, सविता खतिवडा र कमला बाँस्कोटा चयन हुनुभएको छ।त्यस्तै, सामुदायिक महिला विकास केन्द्रको अध्यक्षमा अम्बिका कार्की कटुवाल पुनः चयन हुनुभएको छ। उपाध्यक्षमा धनकुमारी सिटौला, सचिवमा निशा गौतम, सहसचिवमा लक्ष्मी गुरागाईं र कोषाध्यक्षमा शिक्षा शेर्पा चयन हुनुभएको छ।संस्थाको सदस्यहरूमा चन्द्रकला अधिकारी, सचित्रा खनाल, शान्ता सेढाईं, मीना ढुंगाना र गीता चाम्लिङ र तारा उप्रेति चयन हुनुभएको छ।
कार्यक्रममा प्रमुख अतिथि रुद्र सिटौलाले दुवै संस्थाको स्थापना कालदेखि हालसम्मका गतिविधि, सामाजिक योगदान तथा संस्थाले सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रमबारे जानकारी गराउनुभएको थियो। उहाँले संस्थाहरूले समाजको विकास, महिला सशक्तीकरण तथा सामुदायिक हितका क्षेत्रमा पुर्याउँदै आएको योगदानको चर्चा गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताउनुभयो।वडा सदस्य हरी प्रसाद बाँस्कोटाले संस्था ले गरेका काम को प्रशसा गर्दै आगामी दिनमा पनि राम्रो काम गरोस भनि नया कार्यसमितिलाइ शुभकामना ब्याक्त गर्नु भयो
सामाजिक एकता, सहकार्य र सामुदायिक विकासलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सम्पन्न अधिवेशनमा दुवै संस्थाका पदाधिकारी तथा सदस्य तथा साधारण सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रमको सञ्चालन संस्थाका निवर्तमान अर्जुनकुमार पाठकले गर्नुभएको थियो।