२५ फागुन २०८१, झापा । झापा जिल्लाको भद्रपुरमा सम्पन्न १५ औँ राष्ट्रपति रनिङशिल्ड एथलेटिक्स प्रतियोगिता २०८१ मा अर्जुनधारा नगरपालिकाले सर्वाधिक पदक जित्दै पहिलो स्थान हासिल गरेको छ। फागुन २३ देखि २५ सम्म चलेको प्रतियोगितामा १५ वटा पालिकाहरूको सहभागिता रहेको थियो, जसमा कचनकवल गाउँपालिका मात्र स्वर्ण पदक जित्न असफल रह्यो।

प्रतियोगिताको समग्र नतिजामा अर्जुनधारा नगरपालिकाले १५ स्वर्ण, १२ रजत, र १२ कास्य पदक जितेर पहिलो स्थान हासिल गर्यो। दमक नगरपालिकाले १० स्वर्ण, ११ रजत, र ७ कास्य पदक जित्दै दोस्रो स्थान ओगट्यो भने ८ स्वर्ण, ६ रजत, र १३ कास्य पदक सहित मेचीनगर नगरपालिका तेस्रो स्थानमा रह्यो। शिवसताक्षी नगरपालिकाले ८ स्वर्ण, २ रजत, ७ कास्य पदक जितेर चौथो स्थान हासिल गर्यो भने बिर्तामोड नगरपालिकाले ७ स्वर्ण, ७ रजत, र १७ कास्य पदक जित्दै पाँचौं स्थानमा रह्यो।

खेल विशेषतर्फ भलिबलमा दुवै स्वर्ण पदक बिर्तामोड नगरपालिकाले जित्न सफल भयो। कबड्डीमा हल्दीबारी गाउँपालिका र गौरादह नगरपालिकाले समान १/१ स्वर्ण पदक जिते। करातेतर्फ दमक नगरपालिका र शिवसताक्षी नगरपालिकाले समान ४/४ स्वर्ण पदक जिते भने अर्जुनधारा नगरपालिकाले २ स्वर्ण पदक हात पार्यो। तेक्वान्दोतर्फ अर्जुनधारा नगरपालिकाले ४ स्वर्ण, दमक नगरपालिकाले ३ स्वर्ण, गौरीगञ्ज गाउँपालिकाले २ स्वर्ण, र बिर्तामोड नगरपालिका, शिवसताक्षी नगरपालिका, तथा बुद्धशान्ति गाउँपालिकाले समान १/१ स्वर्ण पदक जिते। उसुतर्फ अर्जुनधारा र मेचीनगर नगरपालिकाले समान ४/४ स्वर्ण जिते भने बिर्तामोड नगरपालिकाले ३ स्वर्ण र भद्रपुर नगरपालिकाले १ स्वर्ण पदक जित्न सफल भयो।

एथलेटिक्सतर्फ सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै अर्जुनधारा नगरपालिकाले ५ स्वर्ण पदक जित्यो। मेचीनगर नगरपालिकाले ४ स्वर्ण, दमक नगरपालिका, शिवसताक्षी नगरपालिका र बारदशी गाउँपालिकाले समान ३/३ स्वर्ण जिते। बिर्तामोड नगरपालिका र कन्काई नगरपालिकाले समान २/२ स्वर्ण, तथा गौरादह नगरपालिका, हल्दीबारी गाउँपालिका, झापा गाउँपालिका, र कमल गाउँपालिकाले समान १/१ स्वर्ण पदक हात पारे।
प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले विजेता खेलाडीहरूलाई सम्मान गर्नुभयो। साथै, कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बिन्दिया कार्की, प्रतियोगिता समितिका अध्यक्ष भण्डारी, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला लगायत अन्य विशिष्ट व्यक्तिहरूले पनि खेलाडीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो।