बिर्तामोड नगरपालिकाले घरधनीलाई छतको पानीको व्यवस्थापन गर्न आग्रह

बिर्तामोड – बिर्तामोड नगरपालिकाले घरधनीहरूलाई छतको पानीको उचित निकासको व्यवस्था गर्न अपिल गरेको छ। नगर क्षेत्रभित्रका कतिपय घरधनीहरूले छतको पानी सिधै सडकमा खसाल्दा पैदलयात्रु र सवारी साधनलाई असहज बनाउनुका साथै सडक बिग्रने समस्या देखिएको छ।

नगरपालिकाले एक सूचना जारी गर्दै वर्षा सुरु हुनुअघि नै घरधनीहरूले छतको पानीको उचित निकासको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ। भित्री सडकहरूमा कतिपय स्थानमा घरधनीहरूले सडक अतिक्रमण गरी घर बनाउने तथा पानीको निकासको व्यवस्था नगर्दा सडकको अवस्था बिग्रिएको नगरपालिकाको भनाइ छ।

सडक जोगाउन तथा सवारी आवागमन सहज बनाउन नगरपालिकाले सबै घरधनीलाई छतको पानीको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ।