कोशी प्रदेशमा आर्थिक वर्ष २०८२/८३ को लागि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले योजना तर्जुमा पूर्व तयारी गोष्ठी सम्पन्न गर्यो

३ चैत, झापा। कोशी प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को योजना तर्जुमा पूर्व तयारी गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ।

यस कार्यक्रमको अध्यक्षता खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयका सचिव प्रदीप कुमार वान्तवाले गरेका थियो। कार्यक्रमको प्रमुख अतिथिको रूपमा माननीय मन्त्री एकराज कार्की उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा प्रमुख सचिव केदारनाथ शर्मा, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शंकर नेपाल, प्रदेश योजना आयोगका सचिव मिमांश अधिकारी, तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोक कुमार शाहको उपस्थिति रहेको थियो।

यस कार्यक्रममा मन्त्रालय अन्तर्गतका १४ वटै जिल्लाका विभिन्न डिभिजनका प्रमुखहरू उपस्थित थिए। प्रदेश योजना आयोगले आफ्नो अवधारणा प्रस्तुत गर्दै योजना बैंकको बारेमा प्रस्तुत गरेको थियो । योजना आयोगले योजना बैंकमा समाविष्ट योजनाहरू मात्रै आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनेछन् भनेर जानकारी दिएको छ। योजना बैंकमा समावेश हुने योजनाहरू ५० लाखदेखि ३ करोड सम्मका हुनेछन् र यी योजनाहरू प्रदेश सरकारले हेर्नेछ।

प्रदेशभरिका सम्पूर्ण योजनाहरू आगामी चैत्र ३० सम्ममा मन्त्रालयले योजना बैंकमा समावेश गरिसक्नु पर्नेछ। यसले गर्दा आगामी आर्थिक वर्षका लागि योजनाहरू व्यवस्थित रूपमा अगाडि बढ्ने अपेक्षा छ।यस गोष्ठीले प्रदेशका विकासका लागि महत्वपूर्ण योजनाहरू बनाउने र कार्यान्वयन गर्ने दिशामा ठोस पहल गरेको छ। प्रदेश सरकारले योजनाहरू प्रभावकारी ढंगले कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ।