रास्वपाकी सहमहामन्त्री सुमना श्रेष्ठको राजीनामा केन्द्रीय समितिमा जानकारी, पार्टी नत्यागेको स्पष्टिकरण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीको पदबाट राजीनामा दिएको विषयमा केन्द्रीय समितिको बिहीबार बसेको बैठकमा जानकारी गराएकी छन् ।

श्रेष्ठले आफ्नो राजीनामा १५ दिनअघि सभापति रवि लामिछानेलाई बुझाइसकेको बताएकी छिन् । तर, लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा उच्च अदालतले थुनामा पठाउने आदेश दिएपछि श्रेष्ठको राजीनामा प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

श्रेष्ठले बैठकमा राजीनामाबारे जानकारी दिँदै कार्यवाहक सभापति डीपी अर्यालले छलफलपछि स्वीकृत वा अस्वीकृत गर्ने निर्णय लिने प्रतिक्रिया दिएको बताएकी छिन् ।

श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिए पनि पार्टी नत्यागेको स्पष्ट पार्दै राजीनामाको कारण प्रस्तुत गरेकी छिन् ।