करेन्ट लागेर महिलाको मृत्यु

झापा, साउन २१।
झा
पाको गौरादह नगरपालिका–४, जोरघरेमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।

स्थानीय ५४ वर्षीया चन्द्रमाया नेम्वाङको साउन २० गते राति मटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागी मृत्यु भएको हो। उनी आफ्नै घरदेखि करिब १० मिटर पूर्व–उत्तरतर्फ रहेको मटरमा पानी खोल्ने क्रममा अचानक करेन्ट लागेपछि लडेर मृत्यु भएको जनाइएको छ।

मृतक नेम्वाङको छोरा २५ वर्षीय सुशील नेम्वाङले आमालाई लडेको अवस्थामा देखेर घरमा ल्याएका थिए।
घटनापछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान कार्य अघि बढाएको जनाएको छ।