‘हाम्रो विर्तामोड, स्वास्थ्य बिर्तामोड’ नारासहित बैशाख १५ गते बिर्तामोड–३ मा निःशुल्क स्वास्थ्य शिविर

झापा बिर्तामोड /‘हाम्रो विर्तामोड, स्वास्थ्य बिर्तामोड’ भन्ने नाराका साथ बिर्तामोड नगरपालिका–३ मा आगामी बैशाख १५ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। वडाध्यक्ष मदन बुढाथोकीका अनुसार शिविर वडा कार्यालयको आयोजनामा नगर अस्पताल बिर्तामोडमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

शिविरमा महिलाहरूका लागि पाठेघर क्यान्सर जाँच, फिजिसियन सेवा (इसिजीसहित) तथा क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ।

शिविरको प्रविधिक सहयोग पूर्वाञ्चल क्यान्सर अस्पताल र बीएण्डसी मेडिकल कलेज , बिर्तामोडले गर्ने जनाइएको छ।
वडा नं. ३ का बासिन्दाहरूलाई लक्षित गरी आयोजना गरिएको शिविरको जानकारी कार्यवाहक वडाध्यक्ष हरिप्रसाद बास्कोटाद्वारा हस्ताक्षरित सूचनामार्फत् दिइएको छ।