अर्जुनधाराको टाङटिङ खोलामा अवैध उत्खनन्, पाँच ट्रयाक्टर र दुई स्काईभेटर प्रहरी नियन्त्रणमा

झापा , बैशाख २८ । झापाको अर्जुनधारा नगरपालिकास्थित टाङटिङ खोलामा अवैधरुपमा उत्खनन् गर्ने कार्य रोकिएको छैन । 

प्रहरीले अर्जुनधारा ५ स्थित टाङटिङ खोलाको निषेधित क्षेत्रमा अवैधरुपमा बालुवा उत्खनन् गरी लोड गरिरहेको अवस्थामा पाँचवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । हिजो र अस्ति सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश शनिश्चरेबाट खटिएको मोवाईल गस्ती टोलीले प्र १–०१–००१ त ८२३०, मे.१.त ४३४२,प्र.१–०१–००१ त ८२३०,प्र १–०३–००१ त २३९५ र प्र १–०१–००१ त ८०३५ नं को ट्रयाक्टर नियन्त्रणमा लिएको हो । 

आवश्यक कार्बाहीको लागि ती सवारीसाधन आज अर्जुनधारा नगरपालिकाको कार्यालयमा बुझाइएको छ । अस्तिकै दिन मापदण्डबिपरित बालुवा तथा गिटी उत्खनन् गर्दै गरेको अवस्थामा टाङटिङ खोलाबाट दुईवटा स्काईभेटर प्रहरीले नियन्त्रणमा लिएको थियो ।