नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीप्रति देशभर जनताको आशा पलाएको बताएका छन्।

बागलुङको बुर्तिबाङमा आयोजित आमसभामा बोल्दै उनले पार्टीले सुरु गरेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानले नयाँ राजनीतिक वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे।
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले जनताको गुनासो र सुझाव ग्रहण गर्दै अघि बढ्ने यो अभियानले किसान, मजदुर र उत्पीडित वर्गका समस्या समाधानमा केन्द्रित हुने वातवरण बनाउने उल्लेख गरे।
उनले भने, “नेपालमा स्वच्छ र स्वस्थ राजनीति गर्ने परिपाटी अझै विकास हुन सकेको छैन। अब सबै दल जनताको पक्षमा इमान्दारीपूर्वक केन्द्रित हुन जरुरी छ।”
उनले आफू प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग लगायतका योजना सुरु गरेको दाबी गर्दै ती योजनाले लाखौँ जनताको जीवनमा परिवर्तन ल्याएको बताए।
देशमा भ्रष्टाचार मौलाउँदै गएको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसविरुद्ध माओवादी केन्द्रले खबरदारी गरिरहेको जनाए।
उनले माओवादी केन्द्रप्रति आमनागरिकको विश्वास पुनः स्थापित भइरहेको समेत बताएका छ्न l
deshsanchaar bata