काठमाडौं, वैशाख १५
नेपाल प्रहरी प्रधान कार्यालयले सोमबार जनपद समूहतर्फका ६३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) को सरुवा गरेको छ।

यसक्रममा जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीको सरुवा गरी काठमाडौंस्थित अपराध अनुसन्धान शाखामा पठाइएको छ।
उनको स्थानमा जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एसपी राजन लिम्बू झापा आउने भएका छन्। लिम्बू गत माघ १२ गते मात्र कर्णाली प्रदेश प्रहरी कार्यालय, वीरेन्द्रनगरबाट चितवन सरुवा भएका थिए।
एसपी लिम्बूको व्यक्तिगत इच्छा, कार्यक्षमता तथा उच्च राजनीतिक नेतृत्वको सिफारिसका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा सरुवा गरिएको बताइएको छ।
यसअघि प्रहरी नायव उपरीक्षक (डीएसपी) का रूपमा लिम्बूले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको कमाण्ड सम्हालेका थिए।