बिर्तामोडमा नेपाल इन्जिनियर्स एशोसिएसनलाई निःशुल्क जग्गा प्रदान

बिर्तामोड, झापा — नेपाल इन्जिनियर्स एशोसिएसनलाई बिर्तामोड नगरपालिका–३ मा केन्द्रीय भवन निर्माणका लागि स्थानीय समाजसेवी ठक बहादुर खड्काले निःशुल्क जग्गा प्रदान गरेका छन्। स्वर्गीय छोरी सिन्धु खड्काको स्मृतिमा ११.७५ वर्गमिटर क्षेत्रफलको उक्त जग्गा एशोसिएसनलाई हस्तान्तरण गरिएको हो।

जग्गा हस्तान्तरण कार्यक्रममा जग्गादाताका तर्फबाट श्रीमती तारा खड्काले केन्द्रीय कोषाध्यक्ष ई. सुमन थापालाई मालपोत कार्यालय, भद्रपुर परिसरमा जग्गा धनीपुर्जा हस्तान्तरण गरिन्।

उक्त जग्गा प्राप्तिमा स्थानीय समाजसेवी जानुका थापा मगरको विशेष भूमिका रहेको नेपाल इन्जिनियर्स एशोसिएसनले जनाएको छ। अब प्रदेश सरकारबाट २० लाख रुपैयाँ बजेट विनियोजन भइसकेकाले भवन निर्माण प्रक्रिया अगाडि बढ्ने ईन्जिनियर प्रभास थापा मगरले जानकारी दिए।

बिर्तामोडमै एशोसिएसनको केन्द्रीय भवन बन्ने भएपछि झापा तथा पूर्वी नेपालका इन्जिनियरहरूमा उत्साह थपिएको छ।