
मेचिनगर, झापा —गणतन्त्र दिवस २०८२ को अवसरमा अनेरास्ववियु त्रिदेव क्याम्पस कमिटीले त्रिदेव क्याम्पस अगाडि पूर्व-पश्चिम राजमार्गमा जेब्रा क्रसिङ निर्माण गरेको छ। जनचेतना अभिवृद्धि तथा सडक सुरक्षाको सन्देशसहित सम्पन्न सो सामाजिक कार्यले स्थानीयको ध्यान खिचेको छ।

कार्यक्रममा अनेरास्ववियु प्रदेश कमिटीका सह-सचिव तथा त्रिदेव क्याम्पसका संस्थापक स्ववियु अध्यक्ष लक्ष्मी प्रसाद न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो। साथै अनेरास्ववियु जिल्ला कमिटीका सह-संयोजक बिनिता न्यौपाने तथा जिल्ला कमिटी सदस्य उत्सव भट्टराई (अज्ञात)को विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता त्रिदेव क्याम्पस कमिटी अध्यक्ष कैलाश रेग्मीले गर्नुभएको थियो। जेब्रा क्रसिङ रंग सौजन्य नेकपा एमाले मेचिनगर–१२ का अध्यक्ष तथा रुस्मिता ट्रेडका प्रोप्राइटर रुपेष अधिकारीले गर्नुभएको हो।
यस सामाजिक उत्तरदायित्वपूर्ण कार्यले विद्यार्थी तथा सर्वसाधारणमा सडक पार गर्ने सन्दर्भमा सचेतना फैलाउने अपेक्षा गरिएको छ।
