अविरल वर्षाले लक्कि डिपार्टमेन्टमा ६० लाख बराबरको क्षति

झापा। झापा जिल्लाको मेचिनगर नगरपालिका–१३ स्थित रमेश अधिकारीद्वारा सञ्चालित लक्किडिपार्टमेन्ट मा अविरल वर्षाका कारण ठूलो क्षति भएको छ।

सडकको ढल अवरुद्ध भई पसलमा पानी पस्दा डिपार्टमेन्टमा राखिएका स्टेशनरी सामग्री, बच्चाका खेलौना, पूजा सामग्री, लत्ताकपडा, खाद्य सामग्रीलगायतका विभिन्न वस्तुहरू पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।

डिपार्टमेन्टका सञ्चालक अधिकारीका अनुसार अन्दाजी ६० लाख रुपैयाँ बराबरको सामग्री नोक्सान भएको छ। वर्षासँगै ढलको उचित व्यवस्थापन नहुँदा यस्तो क्षति भएको स्थानीय व्यवसायीहरू बताउँछन्।