झापा l बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेस्थित साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका ५९ जना प्राथमिक तहका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ।

आज आयोजित कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले विद्यालयका प्रधानाध्यापक छविराज रेग्मी र व्यवस्थापन समितिका अध्यक्ष छन्दुराम भण्डारीलाई पोसाक हस्तान्तरण गर्नुभयो। कार्यक्रममा शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वडा अध्यक्ष किशोर पौडेल, कार्यपालिका सदस्य तिला गौतम, शिक्षक अभिभावक संघका अध्यक्ष टंक खनाल, समाजसेवी डिल्लीराम सिटौला लगायतको उपस्थिति रहेको थियो।

