निजी गाडीमा भारतबाट लागूऔषध ओसार पसार गर्ने चारजना कारोबारी फेरि पक्राउ परेका छन् ।

झापा । निजी गाडीमा भारतबाट लागूऔषध ओसार पसार गर्ने चारजना कारोबारी फेरि पक्राउ परेका छन् ।

आज दिउँसो २ बजे गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी निरीक्षक लोककृष्ण दाहालको कमाण्डमा रहेको टोलीले भद्रपर नगरपालिका वडा नं ७ आनी मार्गमा बा.प्र. ०१-०२५च ०८७७ नं. को हुन्डाई कम्पनीको क्रेटा कारलाई रोकेर चेकजाँच गर्दा २०० ग्राम ३९० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

सो लागूऔषधसहित प्रहरीले नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष ३१ का साजन तामाङ, बेलकोटगढी नगरपालिका वडा नम्बर १ बस्ने वर्ष २० का सजिन लामा , बेलकोटगढी नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष ३३ का दिपेश लामा र बेलकोटगढी नगरपालिका वडा नम्बर १ बस्ने वर्ष २३ का राम तामाङलाई पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कसूरको अनुसन्धानको लागि आजै जिल्ला अदालत झापामा उपस्थित गराइ सात दिनको म्याद थप भई जिल्ला प्रहरी कार्यालय झापाबाट अनुसन्धान तथा कारवाही भैरहेको प्रहरी उपरीक्षक राजन लिम्बूले बताए ।