नेकपा एमाले बाहृदशीको आयोजना तथा अखिल नेपाल किसान महासंघको व्यवस्थापनमा राष्ट्रीय धान दिवश कार्यक्रम सम्पन्न भएको छ l


असार १५ को अर्को विशेषता हो – दही र चिउरा। यो दिन खेतमा हिलो खेलेर थाकेका किसान दही-चिउरा खाएर ताजगी अनुभूति गर्छन्। दही चिउरा केवल खाना होइन, मेहनतपछिको सम्मान पनि गरिन्छ र धान दिवस केवल रमाइलो गर्ने दिन होइन, यो दिनले कृषकहरूको योगदानलाई सम्झन र सम्मान गर्न पनि प्रेरित गर्छ। उनीहरूको मेहनतले हामीलाई भोकै बस्नुपर्दैन। यस्तो दिवसले हामीलाई प्रकृतिसँग, माटोसँग र कृषि संस्कृतिसँग अझ नजिक गराउँछ।
नेकपा एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटाको अध्यक्षता एवम पार्टीका केन्द्रीय कमिटी सदस्य हरि बहादुर राजवशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पार्टी जिल्ला कमिटी अध्यक्ष प्रेम गिरी बारहद्शी गाउपालिका अध्यक्ष देबेन्द्र चौलागाइ र उपाध्यक्ष शान्ता खरेल लगायतको उपस्थित रहेको थियो l
कार्यक्रम बह्रदशी २ स्थित जिल्ला कमिटी सदस्य बिन्दा निरौलाको घर खेतमा भएको थियो l

