साउन २ गते, झापा ।
झापाको हल्दिवारी गाउँपालिका–५ चारघरेका ८० वर्षीय भीम बहादुर बिष्टको पानीमा डुबेर मृत्यु भएको छ। घाँस काट्न गएका बिष्ट घाँस बोक्दै फर्कने क्रममा भुतेनी खोलाको डिलमा लडेर खोलामा डुबेका थिए।

मृतकका छोराले दिउँसो ४:२० बजे बिष्टलाई खोलाबाट निकालेर किनारमा राखी प्रहरी चौकी कन्चनश्रीलाई जानकारी गराएका थिए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतसहितको टोली खटाइएको थियो।
साँझ ६:४० बजे सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।