झापा ,बिर्तामोड – साउन ५
बिर्तामोड नगरपालिकाले सञ्चालन गर्दै आएको श्रमिक हितकोषमार्फत मुटु रोगका कारण लामो समयदेखि उपचाररत ढुवानी मजदुर शिव नारायण चौधरीलाई सोमबार एक विशेष समारोहबीच रु. ५० हजार आर्थिक सहायता प्रदान गरेको छ। सहयोग रकम नगर प्रमुख एवम् श्रमिक हितकोष अध्यक्ष पवित्रा महतरा प्रसाईंले हस्तान्तरण गरिन्।


२०७५ सालमा सुरु भएको यो कार्यक्रम कोशी प्रदेशमै श्रमिक हितकोषमार्फत स्वास्थ्य उपचारका लागि प्रत्यक्ष नगद सहायता उपलब्ध गराउने पहिलो योजना झापामा अन्य पालिकामा पनि लागु छ तर बिर्तामोडमा चै चौधरी यो कार्यक्रम अन्तर्गत सहयोग पाउने चौथो लाभग्राही हुन्।
कार्यक्रममा विभिन्न ट्रेड युनियनका अगुवा नेता अबिर लिग्देन, मुरारी पोखरेल, यज्ञराज अधिकारीलगायतको उपस्थिति थियो। समितिका सदस्य–सचिव तथा बिर्तामोड रोजगार शाखाका शाखा प्रमुख होमनाथ भट्टराईका अनुसार, यो सुविधा हितकोषमा सूचीकृत श्रमिकहरूले मात्र पाउने र सदस्यता कायम राख्नका लागि वार्षिक नविकरण अनिवार्य छ।
भट्टराईका अनुसार, नविकरण शुल्क श्रमिकको वर्गीकरणअनुसार दक्ष, अर्द्धदक्ष र अदक्ष गरी ३०० देखि २,००० रुपैयाँसम्म तोकिएको छ।
श्रमिक संगठनका अगुवा अबिर लिग्देनका अनुसार
“नगरपालिकाले श्रमिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो योजना अघि सारेकोमा हामी उच्च प्रशंसा गर्छौं। यो योजना पारदर्शी छ र विपन्न श्रमिकका लागि ठूलो राहत बनेको छ। आगामी दिनमा लाभग्राहीको दायरा बढाउँदै, स्वास्थ्य बीमा र नियमित कोष विस्तारजस्ता पहल गरिए श्रमिकहरूको जीवनस्तरमा गुणात्मक सुधार हुनेछ,” भन्ने धारणा व्यक्त गरे।
नगर प्रमुख पवित्रा महतरा प्रसाईंले यसो भन्नु भयो
“श्रमिकको जीवन र स्वास्थ्यलाई सुरक्षित राख्न यो कोष महत्त्वपूर्ण कदम हो। नगरपालिकाले यसलाई अझ प्रभावकारी र दीर्घकालीन बनाउँदै लैजानेछ,” भन्दै आगामी दिनमा थप श्रमिकलाई लाभ पुग्ने गरी विस्तार गर्ने योजना सुनाउनु भयो ।