बिर्तामोडमा कलाकारको नाममा व्यापारी! नगरपालिकाको सिफारिस विवादमा


झापा । हिन्दी मात्र बोल्ने एक भारतिय नागरिकलाई विद्यालयहरूमा पठाउन झापाको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले दिएकाे सिफारिस पछिल्लो समय विवादमा परेको छ।

‘कलात्मक कार्यक्रम’ को नाममा नगरपालिकाको पत्र लिएर विद्यालयहरूमा पुगेका ती व्यक्तिले बालबालिकालाई आकर्षित गर्दै पुस्तक बिक्री गर्न थालेपछि वास्तविक उद्देश्य प्रष्ट भएको हो।

उक्त व्यक्ति आज पनि कार्यक्रम गर्न बिर्तामोडको एक विध्यालयमा पुगेका थिए, तर नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले यस्ता गतिविधि विद्यालयमा नहुने भन्दै उनलाई फर्काइदिएका थिए।

एकातिर सार्वजनिक शिक्षण संस्थामा विदेशी नागरिकलाई अनुमति दिने, अर्कोतिर शैक्षिक जस्तो देखिने कार्यक्रममार्फत व्यवसाय गर्ने प्रवृत्तिलाई मिलोमतोमा नगरपालिकाले संरक्षण गरेको जस्तो देखिनु गम्भीर विषय बनेको छ।

नेपाली नागरिकलाइ सामान्य ब्यवसाय गर्न पनि कानुनी प्रकृया पूरा गर्नुपर्ने तर भारतिय नागरिकलाइ खुल्लेआम हिन्दी भाषामा लेखिएका पुस्तक बिक्री गर्न नगरपालिकाले दिएको अनुमती संकास्पद देखिएको हो । एउटा सिफारिसको फोटोकपी गरेर दर्जनौको संख्यामा भारतिय व्यापारी विध्यालय पुग्नेगरेका हुन ।