प्रेस चौतारी झापाद्वारा ‘अग्रजलाई सुन्ने’ कार्यक्रमको थालनी, शिरो सान्दाई खतिवडाबाट सुरुवात

बिर्तामोड, झापा ।

प्रेस चौतारी नेपाल झापा शाखाले ‘अग्रजलाई सुन्ने’ शृङ्खलात्मक कार्यक्रमको थालनी गरेको छ। नयाँ पुस्तालाई पत्रकारिताको मूल्यमान्यता, संघर्ष र अनुभूतिबाट सशक्त बनाउने उद्देश्यले सुरु गरिएको कार्यक्रममा पहिलो वक्ताका रूपमा अग्रज पत्रकार शिरो सान्दाई खतिवडालाई आमन्त्रण गरिएको हो।

कञ्चनजंघा एफएमबाट १८ वर्षसम्म प्रशारणमा रहेको ‘समवेदना’ कार्यक्रमका प्रस्तोता खतिवडाले पत्रकारिताको यात्रामा भोगेका अनुभव, चुनौती र प्रेरणाका प्रसंगहरु सुनाए। उहाँले बिबिसीले समेत फरक धारको कार्यक्रमको रुपमा समवेदनालाई प्रस्तुत गरेको उल्लेख गर्दै, “जिवित व्यक्तिका निधनको खबरसमेत प्रशारण गरिनुजस्ता गम्भीर त्रुटिहरूले सूचना पुष्टि प्रक्रियाप्रति गम्भीर बनायो,” भन्नुभयो।

तीन दशक प्राध्यापनमा सक्रिय रहनुभएका खतिवडा हाल शान्तिनगर क्षेत्रमा बसोबास गर्नुहुन्छ। उहाँले दुई वर्षदेखि ‘समवेदना’ कार्यक्रम प्रशारण गर्न नपाएकोमा दुःख व्यक्त गर्दै सामाजिक सम्बन्ध र सम्मान विस्तारमा उक्त कार्यक्रमको ठूलो भूमिका रहेको बताए।

कार्यक्रमका क्रममा प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले तीन महिनामा एकपटक अग्रज पत्रकारसँग अनुभव साट्ने लक्ष्यअनुसार कार्यक्रम अघि बढाइने जानकारी दिनुभयो।

नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले ‘अग्रजलाई सुन्ने’ कार्यक्रमले पुस्ताबीचको अन्तर घटाउने र नयाँ पत्रकारलाई प्रेरणा दिने कार्यमा सघाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा शिरो सान्दाई खतिवडाले भन्नुभयो, “पत्रकार महासंघको निर्वाचन बाहेक अन्य कार्यक्रममा बोलाइँदैन, प्रेस चौतारीको औपचारिक कार्यक्रममा पहिलोपटक सहभागी भएको छु। यस्तो कार्यक्रम निकै आवश्यक छ।