बिर्तामोड–६ का १०० जना जेष्ठ आमाबुबालाई टेक्ने लौरो वितरण

बिर्तामोड, झापा  साउन ६ – सभामुख देवराज घिमिरेको  विशेष सहयोगमा टिका बस्नेत घिमिरे मार्फत  बिर्तामोड–६ का १०० जना जेष्ठ आमाबुबालाई टेक्ने लौरो (ह्याण्डिङ स्टिक)  वितरण कार्यक्रम सम्पन्न भएको छ l 

बिर्तामोड वडा नम्बर ६ मा आयोजित लौरो वितरण कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले बताउनु भयो ” समाजमा ज्येष्ठ नागरिकप्रतिको सम्मान र कदर अत्यन्त आवश्यक रहेको  छ ज्येष्ठ नागरिकहरू हाम्रो गौरव हुन्। उनीहरूको सेवासंरक्षण  सम्मानगर्नु हामी सबैको कर्तव्य हो।

कार्यक्रममा सामाजिक व्यक्तित्वहरू सुभास भट्टराइ  सभामुखका सचिवालय सदस्य हिमाल हिमाल मैनाली समेतको उपस्थिति रहेको थियो। कार्यक्रममा बिर्तामोड क्षेत्रका असहाय तथा ज्येष्ठ नागरिकहरूलाई सहायताको रूपमा लौरो वितरण गरिएको थियो।

कार्यक्रममा बोल्दै टिका बस्नेत घिमिरेले भन्नु भयो ” जेष्ठ नागरिकहरूको सहज आवागमन र स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आयोजना गरिएको यस कार्यक्रममा स्थानीय तहका प्रतिनिधिहरू, सामाजिक अगुवा तथा स्वयंसेवकहरूको सक्रिय सहभागिताले यस्ता कार्य गर्न थप उर्जा मिलेको र  आगामी दिनमा पनी निरन्तर गरिरहने बताउनु भयो ।” 

कार्यक्रममा बोल्दै समाजसेवी सुभास भट्टराइले भन्नु भयो  “जेष्ठ नागरिकहरूप्रति सम्मान प्रकट गर्दै यसप्रकारका सहयोगात्मक पहलहरूले समाजमा सहअस्तित्व र सद्भाव बढाउने विश्वास व्यक्त  गर्दै आयोजकलाइ बिषेश धन्यवाद दिनुभयो l ” 

उक्त कार्यक्रमको संयोजन र संचालन सचिवालय सचिवालय सदस्य  हिमाल मैनालीले गरेका थिए l