सभामुख देवराज घिमिरेको विशेष पहलमा बिर्तामोड–८ का ज्येष्ठ नागरिकलाई १०० थान लौरो वितरण

बिर्तामोड, झापा  साउन ८ — प्रतिनिधि सभा सभामुख देवराज घिमिरेको विशेष पहलमा बिर्तामोड नगरपालिका–८ का ज्येष्ठ नागरिकलाई लौरो वितरण गरिएको छ। सभामुख पत्नी टिका देवी बस्नेत घिमिरेमार्फत १०० थान लौरो वितरण गरिएको हो।

बिर्तामोड–८ को जेष्ट नागरिक भवनमा आयोजित कार्यक्रम किशोर भट्टराईको अध्यक्षतामा सम्पन्न भयो भने प्रमुख अतिथि सभामुख पत्नी टिका देवी बस्नेत घिमिरेको आतिथ्य रहेको थियो । कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईं, समाजसेवीहरू अम्बिर लिङ्देन, बद्री भट्टराई, देबराज कार्की, पवित्रा पाठक, सुभास भट्टराई, गंगा राजवंशी, बद्री प्याकुरेल, ममता अधिकारी, टिका हस्ता, चन्द्रमणी कट्टेल, कोसिस घिमिरेलगायतको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि टिका देवी बस्नेत घिमिरेले ज्येष्ठ नागरिकहरू समाजको आधार र प्रेरणा भएको उल्लेख गर्दै उहाँहरूको सेवा र सम्मान गर्नु सबैको दायित्व भएको बताउनु भयो । “हामीले बिर्तामोडका आदरणीय आमाबुबालाई सहाराको रूपमा लौरो हस्तान्तरण गर्न पाउँदा गर्व महसुस गरेका छौँ,” बताउनु भयो ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईंले नगरपालिकाले पनि ज्येष्ठ नागरिकहरूको स्वास्थ्य, सम्मान र हेरचाहलाई प्राथमिकतामा राखेको बताउँदै यस्ता सामाजिक सेवाका कार्यक्रममा स्थानीय सरकारको निरन्तर सहकार्य रहने प्रतिबद्धता जनाउनु भयो ।

त्यसैगरी, समाजसेवी सुभास भट्टराईले सभामुख देवराज घिमिरे र उहाँकी धर्मपत्नीको सामाजिक चेतना प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता कार्यहरूले समाजमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरे।

ज्येष्ठ नागरिकप्रति यस्तो प्रकारको सम्मान जनाउने कार्य  गर्नु हामीले जिताएका जनप्रतिनिधीको सामूहिक जिम्मेवारी भएको उपस्थित एक बृद्धले  बताए। कार्यक्रममा सचालन सभामुखका सचिवालय हिमाल मैनाली गरेका थिए भने