झापा ,बिर्तामोड ,साउन – १५ / नेपालको मुख्य खाध्यवालीका रुपमा परिचित तराईका सुख्खा क्षेत्रमा सिँचाइको पहुँच बढाउने उद्देश्यसहित सरकारद्वारा ५०० वटा डिप बोरिङ खन्ने कार्य सुरु गरिएको छ। उक्त योजनाअन्तर्गत किसानहरूले सिँचाइका लागि अब प्रतियुनिट मात्र ३ रुपैयाँ तिरेर विद्युत् प्रयोग गर्न पाउनेछन्। प्रधानमन्त्री के पी शर्मा ओलीको तराइ भ्रमण पश्चात् उक्त क्षेत्रमा उहाँ कै नेतृत्वमा सञ्चालित अभियान अन्तर्गत ‘किसानमैत्री सरकार’ भन्ने नाराका साथ विद्युत् शुल्क न्यून गरी सिँचाइ प्रणाली सुधार गर्ने लक्ष्य राखिएको जनाइएकोछ।

सरकारले कृषि उत्पादनमा वृद्धि ल्याउने र किसानलाई राहत दिने उद्देश्यले यो योजना अघि बढाएको हो। सिँचाइको सुविधा अभाव र चर्को विधुत महसुलका कारण उत्पादनमा कमी भइरहेको भन्ने किसानको गुनासो स्वरुप सरकारले सञ्चालनमा ल्याएको यो अभियानले किसानका लागि ठूलो राहत हुने विश्वास गरिएको छ।
तराईका विभिन्न जिल्लाहरूमा डिप बोरिङ खन्ने काम तीव्र गतिमा अगाडि बढाइएको छ। यो योजनाले कृषकहरूलाई सिँचाइमा आकासे परनिर्भरता घटाउने र उत्पादनमा वृद्धी ल्याउने अपेक्षा गरिएको छ।
