झापा, साउन २७ – झापा जिल्ला भद्रपुर नगरपालिका–५ मेचिपुल पुल नजिकबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

साउन २७ गते साँझ करिब ५:४० बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ७ प २८९१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा भद्रपुर नगरपालिका–७ गार्मेन्ट चोक बस्ने २९ वर्षीय सागर पौडेललाई शंकाको आधारमा नियन्त्रणमा लिएको हो।
चेकजाँचका क्रममा पौडेलको मलद्वारभित्र लुकाइ ल्याइएको ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लास्टिकसहित ५.७ मिलि ग्राम फेला परेको प्रहरीले जनाएको छ।
मोटरसाइकलसहित पक्राउ परेका पौडेललाई थप अनुसन्धान र आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।