झापा—भदौ ३ गते बिहान ८:०० बजेको समयमा झापाको दमक नगरपालिका–७, पशुडाँडा स्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी दुर्घटना भएको छ।

दमकबाट पाडाजुँगि तर्फ जाँदै गरेको प्र१–०२–००२ ख ०९१२ नं.को मालवाहक बन्दाकोपी बोकेको ट्रकले विपरित दिशाबाट आउँदै गरेको प्र१–०१–०१२ प ९३१२ नं.को मोटरसाइकललाई ठक्कर दिएको थियो l
दुर्घटनामा मोटरसाइकल चालक ४३ वर्षको सुकदेव गौतम बाँया खुट्टामा सामान्य चोट लाग्दा उनलाई दमक अस्पताल उपचारका लागि लगिएको छ। अवस्था सामान्य रहेको बताइएको छ। तर, सवारीसाधनमा पछाडी सवार उनको श्रीमती ४२ वर्षकी मुना गौतम घटनास्थलमै मृत्यु भएको थियो र उनको शव दमक अस्पतालको शवगृहमा राखिएको छ।
दुर्घटनामा संलग्न ट्रक चालक २५ वर्षको तेह्रथुम, लालिगुँरास न.पा. ४ का आङदावा शेर्पा प्रहरीको नियन्त्रणमा रहेका छन्। ट्रक र मोटरसाइकल पनि इप्रका दमकको नियन्त्रणमा राखिएको छ।